प्रदेश २ मा कोरोना संक्रमणबाट शुक्रबार ५ जनाको मृत्यु



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु हुनुका साथै ३१ महिलासहित ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रौतहटमा २०, धनुषामा १९, महोत्तरीमा १३, सर्लाहीमा १३, सप्तरीमा ६, बारामा ५, सिरहामा २ र पर्सामा १ जना संक्रमित भएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या ९ हजार ६ सय ३० पुगेको छ । संक्रमितमध्ये ८ हजार १ सय ९९ पुरुष र १ हजार ४ सय ३१ महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज, एचविडिआरटिसी हेटौंडा र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताए ।

रौतहटमा संक्रमण पुष्टि भएकाहरु वडा नम्बर–८ का ४२ वर्षीया महिला र ४० वर्षीय एक पुरुष, कटहरिया नगरपालिकाका १८ र ३४ वर्षीय २ जना पुरुष, किस्ट हस्पिटलका ५ वर्षीया एक बालिका र २६ वर्षीया एक महिला, माधोपुरका ६५ वर्षीया एक महिला र २० देखि ३९ वर्ष उमेर समुहका १२ जना पुरुष एवं जिङ्गरवा–२ का ४५ वर्षीया एक महिला रहेका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का ३२ वर्षीय एक पुरुष, स्पर्श नेपालका ४२ वर्षीय एक पुरुष, लक्ष्मीनिया गाउँपालिका–८ सपहीका १५ वर्षीया एक बालिका, जनकपुरधाम–७ जिरोमाईलका ३५ र ४८ वर्षीया २ जना महिला एवं १५ देखि ३० वर्ष उमेर समुहका ३ जना पुरुष, गणेशमान चारनाथ नगरपालिका–४ र ११ का १८ वर्षीया एक युवती एवं २८ वर्षीय एक पुरुष, मिथिला नगरपालिकाका २८ वर्षीया एक महिला र ३३ वर्षीय एक पुरुष, कमला सिंचाई व्यवस्थापन कार्यालयका ५० वर्षीय एक पुरुष, बटेश्वर गाउँपालिका–२ का ४७ वर्षीया एक महिला, क्षीरेश्वरनाथ नगरपालिका–५ का ४८ र ७२ वर्षीया २ जना महिला एवं ५७ वर्षीय एक पुरुष, जनकपुरधाम–२३ स्थित स्वास्थ्य कार्यालयका ७० वर्षीया एक वृद्धा र ठाडी–४ का २३ वर्षीय एक युवक संक्रमित भएका छन् ।

महोत्तरीका संक्रमितहरु जलेश्वर नगरपालिका मलिबारा घर भईृ जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत रहेका २० र २३ वर्षीय २ जना पुरुष, गौशाला नगरपालिकाका ११ देखि ४७ वर्ष उमेर समुहका ५ जना महिला र ३५ र ५० वर्षीय २ जना पुरुष, मनरा सिस्वा नगरपालिका–४ र ५ का ३७ तथा ७४ वर्षीय २ जना पुरुष, भङ्गहा नगरपालिका–२ सिङ्गयाहीका ६० वर्षीय एक पुरुष र लोहारपट्टी नगरपालिकाका ४७ वर्षीय एक पुरुष रहेका छन् ।

सर्लाहीको सर्लाही–५ का १५ र ४४ वर्षीय २ जना पुरुष, सर्लाही–८ का ३५ वर्षीया एक महिला र २५ वर्षीय एक पुरुष, हरिऔन नगरपालिकाका १० देखि ३० वर्ष उमेर समुहका ४ जना महिला एवं २७ देखि ४१ वर्ष उमेर समुहका ४ जना पुरुष तथा हरिपुर नगरपालिका–२ का ५८ वर्षीय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

सप्तरीका संक्रमितहरु राजविराज नगरपालिका–४ का २८ वर्षीया एक महिला एवं तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–३, ६ र ७ का ४५ वर्षीया एक महिला तथा ४२ देखि ६० वर्ष उमेर समुहका ४ जना पुरुष रहेका छन् ।

बाराको सिम्रौनगढ नगरपालिकाका २३ वर्षीया एक युवती, भिरकोट–२ का ३२ वर्षीय एक पुरुष, विश्रामपुर गाउँपालिका–१ का ३१ वर्षीय एक पुरुष, जितपुर–१७ का ५३ वर्षीय एक पुरुष र कलैया–३ का २५ वर्षीया एक युवती संक्रमित भएका छन् ।

सिरहाको मिर्चैया नगरपालिका–७ का ३० वर्षीया एक महिला र लहान नगरपालिका–९ का ६५ वर्षीया एक बृद्धा तथा पर्साको वीरगञ्ज महानगरपालिका–३ का ३० वर्षीय एक पुरुष संक्रमित भएका छन् ।

प्रदेशभरीमा शुक्रबारसम्म सप्तरीमा १३ हजार ७ सय ५४, सिरहामा ६ हजार ८ सय २३, धनुषामा १० हजार ५ सय ३, महोत्तरीमा ५ हजार ६ सय ८८, सर्लाहीमा १० हजार ९ सय ६४, रौतहटमा १९ हजार ९ सय १४, बारामा ८ हजार ४ सय ४२ र पर्सामा १८ हजार २ सय २१ जना गरि जम्मा ९४ हजार ३ सय ९ जनाको स्वाब परिक्षण गरिएकोमा ९ हजार ६ सय ३० जना संक्रमित भएका छन् भने ७९ हजार ९ सय २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार १ सय ९१, सिरहामा २ सय ८५, धनुषामा ७ सय, महोत्तरीमा ३ सय, सर्लाहीमा ८ सय, रौतहटमा ५ सय ७९, बारामा ६ सय १ र पर्सामा ३ सय गरि कुल ४ हजार ७ सय ५६ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ४ सय ३२, सिरहामा १ सय ३०, धनुषामा १ सय ७५, महोत्तरीमा १२, सर्लाहीमा २ सय ८, रौतहटमा ८०, बारामा ३ सय ४४ र पर्सामा ४ सय १२ गरि १ हजार ७ सय ९३ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको १० हजार २७ बेड क्षमताको १ सय ९६ वटा क्वारेन्टाइनमा अहिले ७ सय ९५ जनालाई राखिएको छ भने २ हजार ५ सय ९१ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार २ सय ३६ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३३, सिरहामा १ सय १७, धनुषामा ६०, महोत्तरीमा २४, सर्लाहीमा १ सय ३, रौतहटमा ६९, बारामा ८१ र पर्सामा ४ सय ७१ गरि १ हजार ५८ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ७४, सिरहामा ३, धनुषामा ४ सय ७४, महोत्तरीमा ७ सय १०, सर्लाहीमा ५ सय ६९, रौतहटमा ७ सय ५८, बारामा ४ सय २९ र पर्सामा ८ सय ३० गरि ३ हजार ८ सय ४७ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ९० जना संक्रमित भएका छन् । रौतहटमा १ हजार ६ सय २९, धनुषामा १ हजार ३ सय ९८, सर्लाहीमा १ हजार ३ सय ६७, महोत्तरीमा १ हजार १ सय ७४, बारामा ७ सय ९१, सप्तरीमा ७ सय ८५ र सिरहामा ३ सय ९६ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय ५२ जना व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका ३२, धनुषाका १२, बाराका ५ र पर्साका १ सय ३ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ५ सय ७३, सिरहाका २ सय ७१, धनुषाका ८ सय ५२, महोत्तरीका ४ सय ३४, सर्लाहीका ६ सय ९२, रौतहटका ७ सय ९९, बाराका २ सय ६८ र पर्साका ७ सय ५९ गरि ४ हजार ६ सय ४८ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेका छन् ।

प्रदेश २ मा हालसम्म पर्सामा ३०, बारामा १३, धनुषामा १२, महोत्तरीमा ६, सप्तरीमा ५, सिरहामा ५, रौतहटमा ३ र सर्लाहीमा ३ जना गरि ७७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भदौ १३, २०७७

प्रतिक्रिया दिनुहोस्