चार जना सवार माेटरसाइकल दुर्घटना: एककाे मृत्यु, अन्यकाे अवस्था गम्भीर



चन्द्रपुर : रौतहटको चन्द्रपुर नगरपालिकाको पौराइस्थित पूर्व पश्चिम राजमार्गमा चारजना चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। 

 

मोटरसाइकल दुर्घटनामा परेका अन्य तीन जनाको आइसीयूमा उपचार भइहेको छ।सोमबार राति करिब १० बजे पौराइमा ना ३४ प ६४४० नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

 

दुर्घटनामा चन्द्रपुर १ का २२ वर्षीय शिव खड्काको मृत्यु भएको छ भने सोही ठाउँका २३ वर्षीय शक्ति थिङ्ग,२५ वर्षीय भीमबहादुर मोक्तान र २४ वर्षीय धिरज मगर गम्भीर घाइते भएको चन्द्रनिगाहपुरका डीएसपी युवराज खड्काले जानकारी दिएका छन्।

 

घाइते तीनैजनाको वीरगजस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्