प्रधानमन्त्री ओलीको कविता ‘मेरो जून हरायो’



काठमाडौंः प्रधानमन्त्री एव सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले वि.सं.२०६२ सालमा लेखेको कविता सार्वजनिक भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले २०६२ सालमा सार्वजनिक भएको ‘मेरो जून हरायो’ शीर्षकको कविता सार्वजनिक गरेका हुन् ।

कविता
आज मेरो आफ्नै आकाशमा
मेरो प्यारो जून हरायो
आकाशको बार्दलीमा निस्किएर मुस्कान दिन
सौम्य, शान्त पाराले अँगालो मार्ने
प्यारो मधुर प्रकाश दिने
मेरो प्यारो जून हरायो ।

कोही भन्छन् कृष्णपक्ष हो
अब पालो रातको आयो
कोही भन्छन् बादल छायो
सदाका लाग अब कालो छायो ।
केही भन्छन् ग्रहणले खायो
तर यी सब हुन् क्षणका लागि
हैन, हैन जून फेरि छाउँछ
प्यारो जून फेरि उदाउँछ ।

कृष्णपक्ष भए शुक्ल आउँछ
बादल, ग्रहण भए फेरि हट्छ
मेरो आकाश फेरि हट्सदाका लाग अब कालो छायो ।
केही भन्छन् ग्रहणले खायो
तर यी सब हुन् क्षणका लागि
हैन, हैन जून फेरि छाउँछ
प्यारो जून फेरि उदाउँछ ।
कृष्णपक्ष भए शुक्ल आउँछ
बादल, ग्रहण भए फेरि हट्छ
मेरो आकाश फेरि हट्छ मेरो आकाश फेरि खुल्छ
प्यारो जून फेरि उदाउँछ ।।

वैशाख २०६२ सालमा लेखिएको, प्रकाशितः १३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्