के हो ल्याप्रोस्कोपी प्रविधि ? यसको प्रयोग कसरी बढाउन सकिन्छ?



काठमाडौं : स्त्रीरोग पहिचान र उपचारको लागि विकसित देशहरूमा ल्याप्रोस्कोपी प्रविधि प्रयोगमा आएको धेरै भयो। नेपालमा भने यो प्रविधि भित्रिएको खासै समय भएको छैन। तर, प्रविधि भित्रिए पनि यसको प्रयोग भने उतिसारो भएको भने पाइँदैन।

के हो ल्याप्रोस्कोपी प्रविधि

नेपालका ग्रामीण र पहुँच नपुगेका अधिकांश नेपाली यसबारे बेखबर जत्तिकै छन्। यो प्रविधि के हो र कसरी अनि किन प्रयोग गरिन्छ धेरैलाई थाहा नहुन सक्छ। ल्याप्रोसकोपी सर्जरी धेरै चिरफार नगरी दुर्विनबाट गर्ने प्रविधि हो ।

ल्यप्रोसकोपी विधीबाट स्त्रीहरूमा बच्चा निकाल्ने बाहेक धेरै रोगको शल्यक्रिया गरिन्छ। नेपालका केही अस्पतालहरूले यो प्रविधि प्रयोगमा ल्याएका छन् । तर जति प्रयोगमा आउन पर्ने हो त्यति प्रयोगमा नआएको उनले बताइन्। पुरानो प्रविधी र ल्याप्रोसकोपी सर्जरीमा धेरै अन्तर छ ।

पुरानो प्रविधीबाट शल्यक्रिया गर्दा बिरामीलाई बेहोस पारेर १०÷१५ सेन्टिमिटर चिरिन्छ। छालाको ४÷५ तह चिर्नुपर्ने हुन्छ। तर, ल्याप्रोसकोपीबाट शल्यक्रिया गर्दा एक सेन्टीमिटरको सानो प्वाल पारी दुरबिन छिराइन्छ र टिभीको स्क्रीनमा हरेक अगं देखा पर्छ। त्यसपछि साना आवश्यक औजारको सहायताले शल्यक्रिया गरिन्छ।

यसको प्रयोग बढाउन सके धेरै महिलाहरुलाई राहत हुने चिकित्सकहरुले बताएका छन् । कतिलाई त ल्याप्रोस्कोपी प्रविधीको बारेमा थाहानै छैन् होला । आज हामी यसैको बारेमा जानकारि दिन्छौं । नेपालमा ल्याप्रोस्कोपी प्रविधीबारे स्त्रीरोग विशेषज्ञ डक्टर रंगीना शाह यसो भन्छिन् ।

ल्याप्रोसकोपी सर्जरीको प्रयोग

     पाठेघरबाट धेरै रगत बगेमा

     बाझोपन के कारणले भएको पत्ता लगाउन

     पाठेघरमा ट्युमर पलाएमा

     बच्चा पाठेघरको नलीमा बसेमा

     डिम्बनलीमा ट्युमर पलाएमा

फाइदाहरु

     २४ देखि ४८ घण्टा भित्रमा डिस्चार्ज

     एक सेन्टिमिटर मात्र चिरफार गरिन्छ ।

     घाउ छिटो निको हुने।

     दुुखाई कम हुने।

     एन्टिबायोटिकको कम प्रयोग

     घरमा सामान्य काम गर्न सक्ने

नेपालका ल्याप्रोस्कोपी प्रविधि भित्र्याउन सरकारी तथा निजी क्षेत्रबाट कम पहल भइरहेको छ जसले गर्दा हजारौं महिला पुरानै तरिकाबाट सर्जरी गर्न बाध्य छन्। यसका लागि सरकारले पनि सरकारी तथा निजी अस्पतालका डाक्टरहरूलाई विदेश वा नेपालमै तालिम लिने व्यवस्था मिलाउनुपर्ने डक्टर शाह बताउछिन्।

उनी नेपालमा प्रविधिको प्रयोग बढाउन हरेक डाक्टरहरु अपडेट हुनुपर्ने, सबै सर्वसाधरणलाई जनचेतजना जगाउनुपर्ने, यो प्रविधिबारे बुझाउन सक्नुपर्ने उनी बताउछिन्। आर्थिक हिसाबले पनि ओपन सर्जरी र ल्याप्रोसकोपी सर्जरीमा धेरै फरक छैन।

नेपालमा डक्टरहरुको कमी, सर्वसाधारणलाई ल्याप्रोसकोपीबारे जनचेतना नहुुनु, सरकारले पनि खासै वास्ता नगर्नुले यसको प्रयोगमा कमी आएको हो। पुराना विधिबाट गरिने शल्यक्रियाभन्दा यो विधि भरपर्दो र सुरक्षित छ।

 

प्रतिक्रिया दिनुहोस्