तलावाजको जितमा सन्दीपको २ विकेट



काठमाडौं : क्यारेबियन प्रिमियर लिग ९सिपिएल० क्रिकेटमा सन्दीप लामिछानेआबद्ध टिम जमैका तलावाजले जित निकालेको छ। तलावाजले सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्सलाई ३७ रनले पराजित गरेको हो।

आइतबार बिहान भएको खेलमा तलावाजले सेन्ट किट्स एण्ड नभिस प्याट्रिओट्समाथि सहज जित निकालेको हो। १४८ रनको मध्यम चुनौती पछ्याउँदै ब्याटिङ गरेको नभिस प्याट्रिओट्सले १९।४ ओभरमा सबै विकेटको क्षतिमा ११० रन मात्रै बनाउन सक्यो।

नभिस प्याट्रिओट्सका लागि इभिन लेविस र काइरन पावेलले समान २१–२१ रन बनाए। त्यस्तै नाइक केलीले १६ रन बनाउँदा दिनेश रामदिनले १३ रनको योगदान दिए ।

बलिङतर्फ तलावाजका कार्लोस ब्राथवेट, सन्दीप लामिछाने, फेडल इडवार्डस, भिरासामी परमाउल र मुजिब उर रहमानले उत्कृष्ट प्रदर्शन गरे । कार्लोसले ३.४ ओभर बलिङ गर्दै एक ओभर मेडनसहित ११ रन खर्चिएर ३ विकेट लिए । त्यस्तै, भिरासामीले ४ ओभरमा २० रन खर्चिएर २ विकेट लिँदा सन्दीपले पनि ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए।

अलिक महंगो सावित भएका फेडलले ४ ओभरमा ३९ रन खर्चिएपनि २ विकेट लिन सफल भए। मुजिबले ४ ओभरमा मात्र १२ रन दिएर १ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जमैका तलावाजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनाएको थियो।

उसका लागि ओपनर ग्लेन फिलिप्सले उत्कृष्ट प्रदर्शन गरे। प्लेयर अफ द म्याच घोषित भएका उनले ६१ ब्लमा ६ छक्का र २ चौकाको मद्दतमा अविजित ७९ रन बनाए। उनकै उत्कृष्ट प्रदर्शनमा तलावाजले जित निकालेको हो।

जमैका तलावाजले लिगमा जित हात पारेको यो तेस्रो खेल हो। ६ खेल खेल्दा तलावाजले ३ खेलमा जित निकालेको छ भने तीन खेलमा हार ब्यहारेको छ ।

लिगको तेस्रो स्थानमा रहेको तलावाजको ६ अंक हुँदा शीर्ष स्थानमा रहेको ट्रिनबागो नाइट राइडर्सको ६ खेलमा शतप्रतिशत जितसहित १२ अंक छ। त्यस्तै, दोस्रो स्थानमा रहेको सेन्ट लुसिया जुक्सको ४ खेलमा जित र २ खेलमा हारसहित ८ अंक छ।

प्रतिक्रिया दिनुहोस्