मेस्सीकाे उत्कृष्ट प्रदर्शनमा बार्सिलाेनाकाे जित



एजेन्सी ः राष्ट्रिय टिमबाट केही दिनअघि चाेटग्रस्त बनेका फरवार्ड लियाेनल मेस्सीकाे २ गाेलकाे मद्दमा बार्सिलाेनाले स्पेनिस ला लिगामा भने जित निकालेकाे छ। भेनेजुएलासँगको हारमा मेस्सीलाइ चोट लागेकाे थियाे। तर क्लबमा भने उनले सशक्त रूपमा आफ्नो प्रभाव जमाउन सफल भए। भेनेजुएलासँग चोट बोकेपछि मोरोक्कोविरुद्द अर्जेन्टिनाको जितमा भने उनी खेलेका थिएनन् ।

पहिलो हाफ गोलरहित रहेपनि दोस्रो हाफमा मेस्सीले उत्कृष्ट फ्रि किकमार्फत बार्सिलोनालाई अग्रता दिलाए । भिक्टर स्यान्चेजले उनलाई पेनाल्टी क्षेत्रनजिक लडाएपछि पाएको फ्रिकिकलाई मेस्सीले गोलमा परिणत गर्दै बार्सिलोनालाई ७१ औं मिनेटमा अग्रता दिलाए । त्यस्तै ८९ औं मिनेटमा माल्कमको क्रसलाई सदुपयोग गर्दै उनले बार्सिलोनाको जित सुनिश्चित गरे ।

जितसंगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एथ्लेटिको म्याड्रिड भन्दा १३ अंकको अग्रता बनाएपनि अलाभेस विरुद्ध ४-० को जितसंगै एथ्लेटिकोले १० अंकमा छोट्याएको छ।

 

प्रतिक्रिया दिनुहोस्