धनुषामा लागूऔषधसहित दुई युवक पक्राउ



जनकपुरधाम : धनुषाको ठाढीझिझाबाट लागूऔषधसहित दुईजना युवक पक्राउ परेका छन् ।

धनुषाको ठाढीझिझाबाट खटेको प्रहरीको गस्ती टोलीले जिल्लाको विदेह नगरपालिका वडा नं. १ ठाढीस्थित सडक खण्डमा दुई जना व्यक्ति शंकास्पद रुपमा हिँडडुल गरिरहेको अवस्थामा शंकाको आधारमा सोधपुछ गर्दा उनीहरुको साथबाट आगूऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ पर्नेमा कमला नगरपालिका वडा नं।.३ का उमेश मण्डलका २० वर्षीय छोरा गोबिन्द मण्डल र सोही ठाउँ बस्ने सूर्य नारायण साहका २० वर्षीय छोरा कृष्ण कुमार साह रहेका छन् । दुबै जनामध्ये गोबिन्द मण्डलले दाहिने हातमा बोकी ल्याएको कालो प्लास्टिकको झोला चेकजाँच गर्दा उक्त झोलामा नाइट्रोभेट–१० लेखिएको ३० पिसको दरले ३० पत्तामा जम्मा ९ सय पिस प्रतिबन्धित लागूऔषध ट्याबलेट र कृष्ण कुमार साहको दाहिने खल्तिबाट स्याम्सन्ग कम्पनिको जे२ ग्रान्ड प्राइम सिल्वर रंगको मोबाईल एक थानसहित पक्राउ परेका थिए ।

पक्राउ गरिएका दुवै जनालाई आवश्यक कारवाहीको लागि अनुसन्धान थालिएको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : भदौ १४, २०७७

प्रतिक्रिया दिनुहोस्