लामो दूरी सवारी साधन र आन्तरिक उडान भदौ मसान्तसम्म सञ्चालनमा रोक



काठमाडौं : सरकारले लामो दूरीका सार्वजनिक यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालनमा नगर्ने निर्णय गरेको छ ।

आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले कोरोना संक्रमण फेलिने क्रम नरोकिएका कारण लामो दूरीका यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालनमा नगर्ने निर्णय गरेको हो ।

अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णयलाई भदौ १५ गतेसम्म स्थगित गरिएको थियो । अन्तर्राष्ट्रिय उडान भने यही भदौ १६ गतेदेखि सर्तसहित सञ्चालन गर्ने अनुमति दिइसकेको छ । तर, काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमण तीव्र रुपमा फैलिने क्रम नरोकिएपछि बैठकले यस्तो निर्णय गरेको हो ।

यसैगरी बैठकले वैदेशिक रोजगारीका लागि कुनै पनि देशमा कामदारहरूलाई खुला गरेमा त्यही देशका लागि श्रम इजाजत खोल्ने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै चीनको ल्हासाका लागि महावाणिज्यदूतमा सहसचिव नवराज ढकाल (उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय) र हङकङका लागि महावाणिज्यदूतमा सहसचिव उदय रानामगर (गृह मन्त्रालय) लाई पठाउने मन्त्रिपरिषदले निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्