चाया पर्नबाट रोक्न यी उपाय अपनाउनुहोस्



कपालमा चाया पर्ने समस्याको शिकार अधिकांश व्यक्ति भइरहेका हुन्छन्। जाडो होस् या गर्मी कपालमा चाया पर्ने समस्याको शिकार अधिकांश व्यक्ति भइरहेका हुन्छन्। चायाका कारण कतिपयलाई यसले ठूलै सास्ती दिइरहेको हुन्छ भने व्यक्तिको व्यक्तित्वमा पनि यसले असर पारिरहेको छ। 

टाउकोमा छालाका कोष मर्ने र नयाँ पलाउने क्रम निरन्तर चलिरहन्छ। यस्तो वेला टाउकोमा सेता, मसिना फुस्रा दाग देख्छिन्, जसलाई चाया भनिन्छ। 

चाया पर्ने कारण :

चाया पर्नुको मुख्य कारण सरसफाइ नहुनु हो। तपाईले कपालको हेरचाहमा ध्यान पुर्‍याउनु भएन भने चाया पर्ने सम्भावना हुन्छ । कपाल कम धुनाले चाया पर्ने सम्भावना उच्च हुन्छ। शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चाया पर्छ। 

सुक्खा वातावरणमा बस्दा पनि कपालमा चाया पर्ने समस्या हुन्छ। लामो समयदेखिको तनाव, थकान, चिन्ता, र टाउकोमा हुने एलर्जीका कारण पनि चाया पर्ने समस्या हुन्छ। 

बच्ने उपाय :

चायाबाट बच्न कपालको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यसका लागि नियमित रुपमा नुहाउनु आवश्यक छ। यसका साथै सन्तुलित भोजनले पनि चाया उत्पादनमा कमी ल्याउँछ।भिटामिनयुक्त खाना खाने, नियमित रूपमा कपाल नुहाउँने, कपालमा अनावश्यक केमिकलको प्रयोग नगर्ने गर्दा चायाको समस्याबाट बच्न सकिन्छ।

त्यस्तै, स्याम्पु र तेलको प्रयोग गर्दा पनि निकै ध्यान पुर्‍याउनुपर्छ । एन्टीडेन्ड्रफ स्याम्पुको प्रयोग र सफा पानीको प्रयोगमा ध्यान दिन सकियो भने चाया पर्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्