ओखलढुंगामा जिप दुर्घटना अपडेट : मृतकमध्ये चारकाे सनाखत



ओखलढुंगा : ओखलढुंगामा जिप दुर्घटना भएकाे छ। हलेसीबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०७ नं को स्कार्पियो जीप मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । 

 

मृत्यु भएकामध्ये चार जनाको सनाखत भएको छ । ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पाको सनाखत भएको हो । 

दुर्घटनामा ज्यान गुमाएका अन्य दुई जनाको अझै पहिचान खुल्न सकेको छैन । 

दुर्घटनामा परी चालक कृष्ण श्रेष्ठ पनि घाइते भएका छन् । चालक श्रेष्ठका अनुसार जीप सडकबाट करीब २०० मिटर खसेको छ । 

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीस्थित आस्था मेडिकल सपमा उपचार भइरहेको छ । 

प्रतिक्रिया दिनुहोस्