के तपाई पहिलो पटक डेटिङ जाँदै हुनुहुन्छ ? यस्ता गल्ती भुलेर पनि नगर्नुस्…



एजेन्सी : जब कसैको कसैसँग प्रेम हुन्छ त्यहाँ सुन्दर सपनाहरूको परिकल्पना हुन्छ । स–साना कुरामा पनि खुसी मिल्छ । जीवन जिउने चाहना बढ्छ र प्रेमजोडीहरूले वर्तमानका लागि मात्र नभएर भविष्यका लागि पनि सुन्दर सपना सजाउँछन् । पहिलो माया सायदै कसैले बिर्सन सक्दैन । अविष्मरणीय हुन्छ ।

प्रेमीले जोडीहरु एक अर्कासँग घुम्न वा डेटिङ जान मन पराउँछन् । यसैमा उनीहरु आफूलाई सुन्दर देखाउनका लागी के के नगर्लान् र ? अझ युवकहरू भन्दा पनि युवतीहरूले सुन्दर देखिनका लागि विभिन्न किसिमको क्रिम वा महँगो समंग्रीहरूको प्रयोग गर्ने गर्छन् । जसले गर्दा उनीहरू आकर्षित देखिने गर्छन्, तर सबै युवकहरूलाई उक्त सजावट मन नपर्नु पनि सक्छ ।

त्यसैले केही उपायहरूलाई तल चर्चा गरिएको छ, जसलाई युवतीहरूले अपनाउँदा युवकले मन पराउदैनन् । अझ तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ र पहिलो पटक डेटमा जाँदै हुनुहुन्छ भने त झनै भुलेर पनि नगर्नुहोस् यी काम ।

छोटा पहिरन नलगाउनुहोस् :- अधिकांश जसो युवतीहरूको चाहना छोटो पहिरन लगाउने भएता पनि पुरुषलाई भने त्यस किसिमको पहिरन मन पर्दैन । किनकि कुनै प्रेमी आफ्नो प्रेमिकालाई छोटो पहिरनमा भेट्न चाहँदैनन् । तसर्थ सुन्दर देखिने नाममा छोटो पहिरन लगाएर जानु मूर्खता साबित हुनेछ ।

धेरै मेकअप नगर्नुहोस् :- आफूलाई सुन्दर देखाउने नाममा बढी नै मेकअप नगर्नुहोस् । किनकि कतिपय पुरुषलाइ धेरै मेकअप गर्ने महिला मन नपर्न पनि सक्छ । त्यसैले मेकअप गरेता पनि लिमिटमा गर्नुहोस् जसले गर्दा तपाइको सुन्दरतालाई निखार्नेछ ।

बनावटी कुरा नगर्नुहोस् :- अक्सर युवतीहरू अन्य व्यक्तिको नक्कल गरी बनावट कुराहरू गर्ने गर्छन् । तर जब तपाईँ पहिलोपटक डेटमा जाँदै हुनुहुन्छ तब आफ्नो प्रेमीको सामु बनावटी कुरा नगर्नुहोस् । किनकि पुरुषहरू बनावटी कुरा गर्ने महिलाहरूलाई देखि सक्दैन् ।

समयको लापरवाही नगर्नुहोस् :- यदि तपाईँ आफ्नो प्रेम सम्बन्धको सुरुवात गर्दै हुनुहुन्छ भने पहिलोपटक प्रेमीलाई भेट्न जाँदा ढिला नगर्नुहोस् । अक्सर पुरुषहरू समयको लापरवाही गर्ने युवतीलाई घृणा गर्ने गर्छन् न कि माया ।

प्रतिक्रिया दिनुहोस्