विवाहपछि आफुलाई कसरी फिट राख्ने ? यस्तो छ टिप्स



एजेन्सी : विवाहपछि युवतीहरु मोटाउँछन् भन्ने एउटा भनाई हाम्रो समाजमा भन्ने चलन छ । तर त्यो भनाई खासै सान्दर्भिक भने होइन । तर विवाहपछि युवतीले आफुलाई फिट राख्न भने एकदमै कठिन हुन्छ । विवाह पश्चात्त महिला तथा पुरुषको जीवनमा धेरै बदलाव आउने गर्छन् । आफ्ना लागि टाइमटेबल तथा सेड्युल तयार पारेर पनि यो समस्यालाई कम गर्न सकिन्छ । व्लड प्रेशर, सुगर लगायतका नियमित स्वास्थ्य परीक्षण गर्ने ।

बच्चा हुँदैमा आफूलाई महत्वहीन नसम्झने । प्राय जोडी बच्चा जन्मिसकेपछि आफूलाई महत्वहिन सम्झने गर्छन् । र, उदास हुने गर्छ । जबकी बच्चा जन्मे पनि प्रत्येक आमाबाबुले सन्तुलित आहार, स्वस्थ खानपान तथा नियमित एक्ससाइज गरेर आफूलाई फिट राख्न सक्दछन् आफू फिट रहेमा बच्चाहरुले पनि तपाईबाटै उत्प्रेरीत भई आफूलाई फिट राख्ने गर्दछन् ।

एउटा डायरीमा उक्त टाइमटेबल सेट गर्ने । त्यसमा दैनिक गरिने कार्य तथा खानेकुरा र त्यसमा भएको क्यालोरीको सुची बनाउने । त्यसपछि प्रत्येक शनिवार उक्त डायरीलाई रिभ्यू गरेर यो साता के के गरे, के गरिन भनेर आफ्ना कमीकमजोरीलाई औल्याउने ।

बिहान बिहान जगिङ्ग तथा वर्कआउट गर्ने। यसले शरीर फिट रहनुका साथै एकअर्कासित बढी भन्दा बढी समय व्यतित गर्न सकिन्छ । कसले पहिले तौल घटाउने भनेर एक अर्कालाई च्यालेञ्ज गर्ने ।

घरको काम मिलीजुली गर्ने । यसले एक्सरसाइज हुनुका साथै सम्बन्ध प्रगाढ बन्छ । विवाहको छ महिना पछि नै ५/६ केजी वजन बढेमा त्यसलाई विस्तारै कम गर्ने कोशिश गर्ने । पार्टनरलाई तौल घटनाउन उत्प्रेरित गर्नका लागि स्लिम देखिने लुगा किन्न प्रोत्साहित गर्ने ।

प्रतिक्रिया दिनुहोस्