वीरगन्जमा मृत्यु भएका रौतहटका दुई कोरोना संक्रमितको शव व्यवस्थापन



रौतहट : वीरगन्जमा मृत्यु भएका दुई जना कोरोना संक्रमितको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

युमुनामाइ गाउँपालिका–३ राजपुरका ४० वर्षीय पुरुषको शव तथा मौलापुर ३ का ३० वर्षीय पुरुषको शव व्यवस्थापन गरिएको हो ।

यमुनामाइका ४० वर्षीय पुरुष मधुमेह, ज्वरो र पखाला रोग लागेपछि अस्पताल पुगेको थिए । उनको आइतबार बिहान मृत्यु भएको हो । नेपाली सेनाको शव व्यवस्थापन टोलीले प्रहरी र मृतकका आफन्तको रहोवरका राजपुर नजिकैको खाली जमिनमा शव व्यवथापन गरेको छ ।

यस्तै शनिबार साँझ वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा मृत्यु भएका मौलापुर नपा ३ गम्हरीयाटोलका ३० वर्षीय पुरुषको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ । उनी भदौ ७ गते उपचारको लागि वीरगन्ज गएका थिए । भदौ १३ गते शनिबार उनको मृत्यु भएको थियो । उनको शव गम्हरीयाटोल नजिकै खाली जमिनमा व्यवस्थापन गरिएको छ ।

कोरोना संक्रमणबाट आइतबारसम्म रौतहटका ५ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : भदौ १५, २०७७

प्रतिक्रिया दिनुहोस्