पोखरामा गाँजासहित २ युवक पक्राउ



कास्कीः प्रहरीले गाँजासहित पोखराबाट २ युवकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले ६ किलो १ सय ग्राम गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ का २० वर्षीय शिलास बि.क र तनहुँको शुक्लागण्डकी १२ का संजोक बि.क रहेका छन् ।

आइतबार राति ग ९ प ६०२८ नं.को पल्सर मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ६ किलो १ सय ग्राम गाँजा र १ थान लागुऔषध बनाउने मेसिनसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ विपरितको कसुरमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशितः १५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्