युवा फोरम नेपालको राष्ट्रिय सम्मेलन बैशाखमा हुने



वीरगन्ज : संघीय समाजवादी फोरम नेपालको भ्रातृ संगठन युवा फोरम नेपालको राष्ट्रिय सम्मेलन २०७६ बैशाख २० र २१ मा हुने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार वीरगन्जमा सम्पन्न सातौँ बैठकले रुपन्देहीको भैरहवामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो । 

युवा फोरम नेपालका संयोजक अनिल कुमार ठाकुरले बैठक पश्चात् आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलन सम्पन्न गर्न ७ वटा मूल समिति गठन गरेको बताए । विधान मस्यौदा, भोजन तथा आवास व्यवस्थापन, प्रचार प्रसार, आर्थिक मञ्च व्यवस्थापन, स्वयं सेवक परिचालन र अतिथि सत्कार उपसमिति गठन समेत गरिएको संयोजक ठाकुरले बताए । 

सम्मेलनमा युवाको वृत्ति विकास, सम्बृद्ध मधेस र मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने विषयमा विशेष छलफल हुने युवा फोरमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्