प्रश्नपत्र बाहिर ल्याउने चाँडै पत्ता लाग्ने सिआइबीको दाबी



सप्तरी : प्रदेश प्रहरी कार्यालय जनकपुर र केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को टोलीले एसइईको प्रश्नपत्रबाहिर ल्याउनेहरू चाँडै पत्ता लाग्ने दाबी गरेको छ । 

अनुसन्धान टोलीले सामाजिक सञ्जालमा पोस्ट गर्ने र मोबाइलबाट प्रश्नपत्र आदानप्रदान गर्ने कार्यमा संलग्नहरूसँग सोधपुछ गरिरहेको जनाउँदै दुई÷तीन दिनमै पत्ता लाग्ने अनुसन्धानमा खटिएका प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।

आइटी विशेषज्ञसहित सप्तरी गएको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक खड्का र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टसहितको २० जनाको टोलीले अनुसन्धान गरिरहेको छ । 

विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले प्रदेश २ मा शुक्रबारदेखिका परीक्षा स्थगन गरेको छ । परीक्षा स्थगन गर्दा प्रदेश नं २ का ७० हजार ५६८ परीक्षार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्