चोरी  तथा लुटपाटमा संलग्न पक्राउ



वीरगन्ज : वडा प्रहरी कार्यालय श्रीपुरले मोटरसाइकल चोरी गरेको आरोपमा २ जना युवकलाई पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका २० वर्षीय रवि वर्णवाल र ३४ वर्षीय रोशन थापालाई मोटरसाइकल चोरीको आरोपमा पक्राउ गरेको हो ।  

चितवन जिल्लाको भरतपुर महानगरपालिका ११ बस्ने सुक बहादुर गुरुङको नाममा दर्ता रहेको ना५५प १५८६ नम्बरको आर १५ रातो रंगको मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा दुवै जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिए ।

त्यस्तै विभिन्न स्थानमा चोरी,  पकेटमार तथा लुटपाटको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेडियाहीका त्रिभुवन सरार्फ, अशोकवाटिकाका शिव कुमार साह, श्रीपुरका सोनालाल साह तेलि र भारत बिहार घर भई हाल वीरगन्ज वनाराशी चोक डेरा गरी बस्ने वर्ष १९ को बिकी पटेल रहेका छन् ।

पक्राउ परेकाहरु श्रीपुर क्षेत्रमा विभिन्न व्यक्तिको घरमा भएको लुटपाटमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्