निशान र सोनीकाको ‘आटो पिठो’मा रमाउँदै पल र एलिजा (भिडियोसहित)



काठमाडाैं : गायक निशान भट्टराईको ‘आटो पिठो’ बोलको गीत भिडियोसँगै युट्युबमा सार्वजनिक भएको हो । गीतमा निशानलाई गायिका सोनिका लामाले आवाज दिएर साथ दिएकी छन् ।

गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतमकाे अभिनय रहेको छ ।

गीतको भिडियोलाई रामकुमार केसीले छायाँकन र टेकेन्द्र शाहले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोमा मोडल गम्भिर बिष्टको कोरियोग्राफी रहेको छ ।

म्युजिक भिडियो लाईमलाईट नेपालको युट्युब च्यानलमा उपलब्ध छ । गीतले आफ्नै देशमा बसेर खुसी हौँ र परिवारलाई स्वर्ग बनाउँ भन्ने संदेश बोकेको छ ।

प्रतिक्रिया दिनुहोस्