डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा थप ३१ जनामा कोरोना पुष्टि



धनगढीः डोटी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ७७ जनामा गरिएको परीक्षणमा ३१ जनामा संक्रमण पुष्टि भएको हो । डोटि अस्पतालका मोलेकुलर ल्याव ईन्चाज शौरभ श्रेष्ठका अनुसार संक्रमण पुष्टी हुनेमा डोटी र अछामका हुन् ।

डोटीका २४ र अछामका ७ जनामा संक्रमण पुष्टी भएको छ । जसमा २९ पुरुष र २ जना महिला रहेका छन् ।

प्रकाशितः १६ भदौ २०७७

प्रतिक्रिया दिनुहोस्