गर्मीमा दही स्वास्थ्यका लागि फाइदै फाइदा



एजेन्सी : मानिसहरु गर्मीमा विभिन्न पेय पदार्थ र शरीरलाई शितलता प्रदानगर्ने खाने कुराहरु धेरै खाना रुचाउने गर्दछन्। यस्तो अवस्थामा दही खान कसलाई पो मन नलाग्ला र? गर्मीमा चिसो दही खाँदै शितलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ।

गर्मी मौसमा शरीरबाट अत्यधिक पसिना आउने भएकोले पानीको मात्र पुरा गर्न तरल पर्दाथ पिउनु लाभदायक हुन्छ ।

यस्तोमा पानी वा दहीको सेवन सबैभन्दा उपयुक्त हुन्छ । गर्मीमा चिसो दही खाँदा शरीरमा शितलता प्राप्त हुनुका साथै स्वास्थ्यमा समेत धेरै फाईदा पुग्दछ ।

यस्तो छ दही खानुको फाइदा :-

– पेटसम्बन्धी समस्या हुनेलाई दहीको सेवन अत्यन्त उपयोगी मानिन्छ ।

– अरुचीको समस्या भएकालाई दहीको सेवन गरेमा भोक लाग्न थाल्दछ ।

– आन्द्रा तथा पेट सम्बन्धि रोगहरुमा दहीको नियमित सेवनले फाइदा पुर्याउँछ ।

– दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप लगायतका रोग नियन्त्रयामा सघाउ पुर्याउँछ ।

– दहीको नियमित सेवनले कोलस्ट्रोल स्तर बढ्नबाट रोक्दछ ।

– मुटुको धड्कन बढ्ने समस्यामा पनि दहीको सेवन लाभदायी हुन्छ ।

– दहीको सेवनले हड्डीहरुको विकासमा सहयोग पुर्याउँछ ।

– दाँत, नङ बलियो पार्न पनि दहीको सेवन उपयोगी हुन्छ ।

– अनिन्द्राका समस्या भएकाहरुले दैनिक एक कचौरा दही खाएमा राम्रो निन्द्रा पर्न थाल्दछ ।

– दैनिक दही खाँदा पाचन प्रक्रिया राम्रो बनाउन सहयोग पुर्याउँछ ।

तर स्मरण रहोस्, खाली पेटमा भुलेर पनि दहीको सेवन गर्नु हुदैन । दहीमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । जसले पेट पोल्ने समस्या उत्पन्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्