दिनदिनै खानुस् एक चम्चा मह, हुनेछन् यस्ता फाइदा



एजेन्सी : मह स्वास्थ्यका लागि निकै फाइदा जनक चीज हाे । जसकाे सेवन गर्न जाने हाम्राे शरिरलाइ फाइदा पुग्छ भने खान नजाने यसले विष समान हानी पुर्याउछ । शताब्दियौंदेखि महको प्रयोग महत्त्वपूर्ण औषधिका रूपमा भइरहेको छ । यसको सेवनले स्वास्थ्यसम्बन्धी समस्या निर्मूल पार्छ । सुन्दरता बढाउन समेत यसको प्रयोग गरिन्छ ।

महका फ्याट, कोलेस्ट्रोल र सोडियम हुनाले यसले रोगप्रतिरोधात्मक क्षमता बलियो बनाउँछ । यसमा एन्टीसेप्टिक, एन्टीबायोटिक, भिटामिन बी-१ र बी-६ भरपूर मात्रा हुन्छ । स्वास्थ्य र सुन्दरता दुवैका लागि लाभदायक हुन्छ ।

यसको प्रयोग विभिन्न रोगमा प्रभावकारी मानिन्छ । यौन क्षमता बढाउने यो अचनुक उपाय नै हो । महिलाले सेवनले गर्दा घटेको यौन क्षमता पुनः जागृत भएर आउँछ ।

गाउँघरमा पाइने शुद्ध महले औषधिको काम गर्छ । महले थकान कम गर्छ । अत्यधिक गर्मीको बेला मह खाएपछि तातोपानी, दही वा चिनी कफी खानु हुँदैन । दैनिक एक देखि दुई चम्चा मह मनचतातो पानीमा वा दूधमा मिसाएर खानु राम्रो मानिन्छ ।

महले रगतमा पोलिफोनिक एन्टीअक्सिडेन्टको स्तर बढाउँछ जसले गर्दा तपाईं मुटुरोगबाट बच्न सक्नुहुन्छ । 

महबाट सेरोटोनिन रसायन निस्कने भएकाले मूड राम्रो रहन्छ । शरीरले यो सेरोटोनिन रसायनलाई मेलाटानिन रसायनमा परिवर्तन गर्छ । अनिद्राको समस्या छ भने राति सुत्नुअघि एक गिलास तातो दूधमा मह मिसाएर खानुभयो भने राम्रो निद्रा लाग्छ । 

बिहान खाली पेट मनतातो पानीमा मह र कागतीको रस मिसाएरु पिउँदा स्वास्थ्यलाई राम्रो गर्छ । 

दिनदिनै एक चम्चा मह तातोपानीमा हालेर पिउँदा रक्तचाप नियन्त्रणमा रहन्छ । 

महले भोकलाई नियन्त्रणमा राख्ने भएकाले तौल घटाउन सहायता गर्छ । राति सुत्नुअघि मह सेवन गर्दा बढी क्यालोरी डढ्छ । 

जाडोमा महले अनुहारमा ३० मिनेटसम्म मसाज गर्नुहोस् । त्यसपछि मनतातो पानीले अनुहार सफा गर्नुस् । महले छालाका लागि प्राकृतिक मोइस्चराइजरको काम गर्छ । यसले छालामा आर्द्रता कायम राख्छ र डण्डीफोर, दाग र छाला सुक्खा हुने समस्या हटाउँछ । 

प्रतिक्रिया दिनुहोस्