२० प्रहरीसहित गण्डकीमा थपिए ३५ जना कोरोना संक्रमित



पोखरा : गण्डकी प्रदेशमा नेपाल प्रहरी, स्वास्थ्यकर्मी, किराना पसलेसहित थप ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा, भरतपुर अस्पताल, चितवन र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा विभिन्न चार जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा तनहुँका १, कास्कीका २३, लमजुङका ४ र नवलपरासी (बर्दघाट सूस्ता पूर्व)का ७ जना रहेका छन् ।

यससँगै अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार २ सय ४५ पुगेको छ ।

निर्देशनालयद्वारा जारी संक्रमितसँग सम्बन्धित विस्तृत विवरण:-

प्रतिक्रिया दिनुहोस्