‘भिटामिन-डी’ उमेरको हिसाबले दैनिकरुपमा कति चाहिन्छ?



एजेन्सी : मानिसको शरीर जब स्वस्थ हुन्छ तब उसको शरीरमा भिटामिन, खनिज र प्रोटिन लगायत अन्य पोषक तत्त्वहरूको आवश्यक मात्रामा भरिपूर्ण हुन्छ । यस्ता पोषक तत्वहरुले रोग प्रतिरोधात्मक क्षमतासमेतलाई वृद्धि गर्छ । अनुसन्धानहरुका अनुसार भिटामिन-डीले कोभिड-१९ जस्ता रोगहरुबाट हुने जोखिम पनि कम गर्दछ । यस सन्दर्भमा, भिटामिन-डी शरीरको लागि धेरै महत्वपूर्ण रहेको छ ।

चिकित्सकहरुकाअनुसार भिटामिन-डीको मात्रा उमेरको हिसाबले निर्भर हुँदछ । अर्थात्, प्रत्येक दिन मानिसले आफ्नो उमेरअनुसार भिटामिन-डीको खपत गर्नुपर्दछ त्यसपछि मात्र यसको उचित फाइदाको लिन सकिन्छ । शरीरका लागि पाँच प्रकारका भिटामिन-डी आवश्यक पर्दछ, भिटामिन डी–१, भिटामिन डी–२, भिटामिन डी–३ , भिटामिन डी–४, भिटामिन डी–५ । यी सबै प्रकारका भिटामिन डी शरीरमा विभिन्न रूपमा काम गर्दछन् ।

भिटामिन-डीले शरीरलाई संक्रमणबाट बचाउन मुख्य भूमिका खेल्ने गर्दछ । भिटामिन-डी शरीरको प्रतिरोध क्षमता बढाउन पनि उपयोगी हुन्छ र यसले स्नायु प्रणालीको कामलाई पनि मद्दत गर्दछ । भिटामिन डीले मोटोपना र क्यान्सर जस्ता प्राणघातक रोगहरुबाट बचाउन मद्दत गर्दछ।

भिटामिन-डीले मुटुरोगको जोखिम कम गर्नुको साथै मधुमेह जस्ता रोगबाट बच्न मद्दत गर्दछ । यदि शरीरमा लामो समयसम्म भिटामिन-डीको कमि भयो भने मोटोपना र शरीर सुन्निने जोखिम बढ्ने गर्छ ।

भिटामिन-डीको मुख्य स्रोत भनेको सूर्यको प्रकाश हो । जब घाम वा सूर्यको किरण व्यक्तिको छालामा पर्छ, तब शरीरमा भिटामिन डी उत्पादन हुने गर्दछ । यो एक प्राकृतिक प्रक्रिया हो, जसले भिटामिन डी उत्पादन गर्दछ । यस बाहेक केहि खानाहरुमा पनि भिटामिन डी पाइने गर्छ ।

डाइट फूडमा, भिटामिन डीको मात्रा पाइन्छ जसमा टमाटर, शलगम, च्याउ, चीज, कागती, माछा तथा माछाको तेल, अण्डाको पहेंलो भागमा पाइन्छ भने चुकन्दर र सख्खरखण्ड जस्ता फूडहरू पर्दछन । विभिन्न अनुसन्धानले डार्क चकलेटमा पनि भिटामिन-डी पाइने पुष्टि गरेको छ ।

कुन उमेर समूहकाले कति भिटामिन-डी सेवन गर्ने ?

१ वर्षदेखि ७० वर्ष उमेर समूहका लागि १५ माइक्रोग्राम भिटामिन-डी आवश्यक पर्दछ । त्यसैगरी, ७१ देखि माथिका उमेर समुहका लागि शरीरमा २० माइक्रोग्राम भिटामिन-डीको आवश्यक पर्दछ । यसैगरी, गर्भवती महिला र स्तनपान गराइरहेको महिलाहरुमा १५ माइक्रोग्राम भिटामिन-डीको आवश्यकता पर्दछ ।

भिटामिन-डीको उचित मात्रामा सेवन गर्दा यसले शरीरमा थुप्रै सकारात्मक प्रभावहरु पार्दछ । यद्यपि, कहिले काहिँ शरीरमा भिटामिन-डीको कमिलाई पूर्ति गर्न चिकित्सकहरुले सुझाएको औषधिको प्रयोग गरिन्छ । तर, अत्याधिक मात्रामा भिटामिन डीको मात्राले शरीरमा विभिन्न किसिमका नकारात्मक असरहरु पार्दछ।

प्रतिक्रिया दिनुहोस्