पाल्पामा ढुंगाले किच्दा महिलाको मृत्यु



पाल्पाः पाल्पाको तिनाउमा माथिबाट खसेको ढुंगाले किच्दा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार साँझ तिनाउ गाउँपालिका वडा नं.३ श्रीडाँडामा माथिबाट खसेको ढुंगा लागेर माथागढी गाउँपालिका वडा नं.७ रहवासकी २९ वर्षीया समिक्षा चौहानको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, ढुंगाले थिचेर गम्भीर घाइते भएकी समिक्षाको उपचारको क्रममा बुटवलमा मंगलबार राति मृत्यु भएको थियो । उनकी ३ वर्षीया छोरी करिश्मा चौहान गम्भीर घाइते भएकी छन् । घाइते बालिकाको सिटी अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्