स्थानीयको उजुरीपछि वडाध्यक्षसहित ७ जना पक्राउ



अछामः अछाममा विद्युत गृह र खानेपानी योजना भत्काएको आरोपमा वडाध्यक्षसहित ७ जना पक्राउ परेका छन् ।

अछामको पञ्चदेवल विनायक नगरपालिकामा रहेको तालागाड लघु जलविद्युत आयोजनाको कुलो र निर्माणाधीन जामुने खानेपानी योजना भत्काएको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पञ्चदेवल विनायक नगरपालिकाको वडा नं.५ का वडा अध्यक्ष कुलबहादुर बुढाको नेतृत्वमा तालागाड लघु जलविद्युत आयोजनाको कुलो र वडा नं.६ का वडा अध्यक्ष पूर्ण रावलको नेतृत्वमा निर्माणाधीनन जामुने खानेपानी योजना भत्काएको भन्दै स्थानीयले उजुरी दर्ता गरेका थिए ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्