बझाङमा एक साता थपियो निषेधाज्ञा



बझाङः बझाङ जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भर लागू हुने गरी एक साता निषेधाज्ञा थप गरेको छ ।

समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको समितिले जनाएको छ । भदौ १७ गते राति १२ बजेबाट लागू हुने गरी भदौ २५ गते सम्मका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कमलराज रेग्मीले बताए ।

निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गरिने उनले बताए । उनले बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दैनिक उपभोग्य वस्तु बिक्री गर्ने पसलहरु खुला गर्न दिने बताएका छन् ।

बझाङमा मंगलबार र बुधबार गरी ५१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ३० पुगेको छ ।

प्रकाशितः १७ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्