नेयमारलाई कोरोना संक्रमण



एजेन्सी : ब्राजिलियन स्टार नेयमारलाई कोरोना भाइरसको संक्रमण भएको छ ।

फ्रेन्च पत्रिकाका अनुसार नेयमारसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का खेलाडी एन्जल डी मारिया र लियोनार्दो परेडेसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पीएसजीले समेत आफ्ना तीन खेलाडीलाई कोरोनाको संक्रमण देखिएको पुष्टि गरेको छ ।

‘परिक्षण पश्चात तीन जना पीएसजीका खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ । र तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार अघि बढिसकेका छन् ।’ क्लबले भनेको छ ।

उनीहरु अब सात दिन आईसोलेशनमा बस्ने क्लबले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्