हावाहुरीबाट प्रभावित घाइतेको उपचार बारा र पर्साका ७ वटा अस्पतालमा 



काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बारा र पर्सामा हुरी बतासमा परी घाइते भएकाहरुको उपचारमा कुनै कमिहुन नदिने जनाएको छ । आज काठमाडौंमा पत्रकारसम्मेलन गरी औषधि उपचारको आवश्यक व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले जाकारी दिए ।

आईतबार साँझ आएको हुरी बतासमा परी बारा र पर्सामा ठूलो धनजनको क्षति भएको थियो । घटनामा परी ४ सय ३ जना घाईते भएको र त्यसमध्ये गम्भिर घाइते ७ जनाको काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंजमा उपचार भईरहेको उनले जानकारी दिए ।

घाईतेहरुको बारा र पर्सास्थिति विभिन्न ७ वटा अस्पतालहरुमा उपचार भईरहेको छ भने  उपचारका लागि हेटौडा र चितवनका चिकित्सकहरुको टोली पनि परिचालन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

 

प्रतिक्रिया दिनुहोस्