कैलालीको लठैयामा बेवारिसे काठ बरामद



सुखडः कैलालीको घोडाघोडी नगरपालिकामा बेवारिसे काठ बरामत गरिएको छ ।

सव डिभिजन बन कार्यलय सुखड र डिभिजन बन कार्यलय पहलमानपुरको संयुक्त गस्ती टोलीले घोडाघोडी नगरपालिकामा वडा नं.१० लठैयाबाट बेवारिसे अवस्थामा सालको काठ बरामद गरेको हो ।

डिभिजन बन कार्यलय पहलमानपुरका सहायक बन अधिकृत सुरेन्द्र बहादुर कठायतको नेतृत्वमा गएको टोलीले धानबारीमा लुकाएर राखेको १७.३३ क्युफिट सालको ७ थान चिरानसहित १८.३४ क्यु फिटको १ थान गोलिया बरामत गरेको छ । थप अनुसन्धान भैरहेको सब डिभिजन बन कार्यलय सुखडका प्रमुख समीर थापाले बताए ।

प्रकाशितः १८ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्