मध्यपुर थिमीकी कोरोना संक्रमित महिलाको पाटनमा मृत्यु



ललितपुर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका ललितपुरमा ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मध्यपुर थिमी नगरपालिका–६ दुवाफल्चोकी कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार राति मृत्यु भएको हो ।

मृगौला पीडित ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि भदौ ३ गते अस्पताल भर्ना भएकी थिइन् ।

नगरप्रमुख मदनसुन्दर श्रेष्ठका अनुसार उनका श्रीमानसहित अन्य दुई जनामा पनि संक्रमण पुष्टि भएको छ ।यससँगै भ

क्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । तीमध्ये पाँच जना मध्यपुर थिमीका हुन् ।

प्रकाशित : भदौ १८, २०७७

प्रतिक्रिया दिनुहोस्