अजरबैजानी प्रमुख विपक्षी नेतालाई चार वर्ष जेल सजाय



एजेन्सी : अजरबैजानले बिहीबार राष्ट्रपतिका इल्हाम अलीएभको एक प्रमुख विपक्षीलाई चार बर्ष तीन महिनाको जेल सजाय तोकेको छ । उनको दल र मानव अधिकारवादी समूहलाई राजनीतिक प्रतिशोधका लागि काम गरेको अभियोग लगाइएको छ ।

राजधानी बाकुको एक अदालतले सरकार विरोधी मुसावत पार्टीका उपसभापति तोफिग यागुब्लुलाई देशमा गुण्डागर्दी लाई प्रोत्साहन गरेको आरोप लगाइएको उनकी छोरी निगियार हजीले एएफपीलाई बताए ।

अभियोजनकर्ताहरूले यागुब्लूलाई एक विवाहित जोडीलाई शारीरिक यातना दिएको आरोप पनि लगाएका छन् । केही समय पहिले उन कार दुर्घटनामा पर्दा ती महिलालाई दुब्र्यबहार गरेको पनि आरोप उनलाई लगाइएको छ ।

मानव अधिकारवादी समूहले उक्त फैसलालाई ‘न्यायको उपहास’ भन्दै उक्त कदमको निन्दा गर्नुकासाथै अजरबैजान सरकारलाई याग्बुलुलाई तत्काल मुक्त गर्न आग्रह गरेको छ ।

उनको अभियोगसँगै सरकारले सरकारी आलोचकहरूलाई शान्त पार्न लामो समय देखि झुट्टा आरोपहरू लगाउने गरेको मानव अधिकारवादी उक्त समूहले बताएको छ ।

मुसावत पार्टीका नेता आरिफ गजलीले आफ्ना उप नेताको पक्राउबारे सरकारको आलोचना गर्दै भने, “यागुब्लुविरूद्धको अभियोग उनको राजनैतिक क्रियाकलापलाई कमजोर पार्ने प्रयत्न मात्र भएको बताएका छन । उनले अजरबैजानमा ‘न्याय प्रणाली’को पूर्ण पतन भएको सङ्केत गरेका छन ।

सजाय सुनाइएपछि ५९ वर्षीय यागुब्लुले आफुलाई राजनीतिक प्रतिशोधका आधारमा सजाय तोकिएको भन्दै सबै आरोपको खण्डन गरेका थिए ।

उनलाई यस पहिल्यै प्रहरीले यदि उनले राष्ट्रपतिको आलोचना गर्न नछोडेमा प्रहरीले गिरफ्तार गर्ने धम्की दिएको पनि उक्त अवसरमा बताए ।

प्रतिक्रिया दिनुहोस्