यस्ता लक्षण देखिए हुनसक्छ स्तन क्यान्सर, बच्ने कसरी ?



एजेन्सी : शरीरको कुनै भागको कोशिकामा आउने असामान्य परिवर्तन तथा अनियन्त्रित बृद्धिलाई क्यान्सर भनिन्छ । बदलिँदो जीवनशैली खानपान, यौनजीवन, अनेकौ औषधिले महिलाको सबै भन्दा सुन्दर मानिने अंग स्तनलाइ क्यान्सरले कुरूप बनाउने मात्र नभई उनीहरुको ज्यानै लिने क्रम बढेको चिकित्सकहरुले बताएका छन् ।

स्तन क्यान्सर हुनु अगावै यसको संकेतबाट अनुमान गर्न सकिन्छ । यदि स्तनमा नदुख्ने गाठो आउनु, स्तनको मुन्टाबाट रगत बग्नु, स्तनको मुन्टा भित्र पस्नु, छालामा निको नहुने घाउ आउनु, काखीमा गाँठो आउनु र स्तनको रङ परिवर्तन हुनु जस्ता लक्षणहरु स्तन क्यान्सरका संकेत हुन सक्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वर्षेनी एक लाखमा २१.८ महिलामा स्तन क्यान्सर हुन्छ । तीमध्ये १० जनाको मृत्यु हुन्छ। महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत मृत्यु स्तन क्यान्सरले गराउँछ । स्तन क्यान्सर चालिस वर्ष भन्दा माथिका महिलाहरुलाई हुने संभावना बढी हुन्छ । तर, अहिले कम उमेरको महिलामा पनि स्तन क्यान्सरको जोखिम बढेको छ । स्तन क्यान्सर विभिन्न कारणले हुने गर्दछ । जसमध्ये मुख्य कारण निम्न छन् :-

१. स्तनपान नगराउँदा :- स्तनपान गराउने आमाले शिशुलाई दूध नखुवाउँदा पनि स्तन क्यान्सरको संभावना हुन्छ ।

२. सन्तान नभएका महिला :- सन्तान नभएका महिला वा बढि उमेरसम्म बच्चा नजन्माउने महिलामा पनि स्तन क्यासर हुनसक्छ ।

३. वंशाणुगत :- रगतका नातामध्ये परीवारका कोहि एक सदस्यमा भए वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन्छ ।

४. हर्माेनको गडबढी :- महिलाहरुमा हुने हर्मोनहरुमा गडबडीका कारणले पनि स्तन क्यान्सर हुने संभावना हुन्छ ।

५. नशालु पर्दागको सेवन :- नियमित मदिरा वा नशाजन्य पर्दागको सेवन गर्ने महिलामा समेत स्तन क्यान्सरको संभावना हुन्छ ।

६. परिवार नियोजनको साधन :- कतिपय अवस्थामा परिवार नियोजनका साधनहरुले पनि महिलामा क्यान्सर हुन सक्ने सम्भावना हुन्छ ।

७. महिनावारीको अनियमितता :- नियमित महिनावारी नभए वा महिनावारी अनियमित भएका महिलाहरुमा पनि स्तन क्यान्सर हुन सक्छ ।

त्यसैले स्तनमा देखिने सा–साना समस्याहरुलाई वेवास्ता गर्नु हुदैन । स्तनमा केहि समस्या देखिने बित्तिकै चिकित्सकको परामर्श लिनु पर्दछ ।

बच्ने कसरी ?

स्तन क्यान्सर बाट बच्न धूम्रपान नगर्ने, चिल्लो तथा बोसोयुक्त खाना कम खाने, तौल नियन्त्रणमा राख्न नियमित ब्यायाम गर्ने र बच्चा जन्मिएपछि नियमित स्तनपान गराउनुपर्छ । प्रांगारिक फलफूल, सागसब्जी र रेसादार खानाले सबैखाले रोगबाट बचाउँछ । समय समयमा चेक जाँच गराउने गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्