हतियारसहित सिरहाबाट ३ जना पक्राउ



जनकपुरधाम : सिरहाको मिर्चैयाबाट हातहतियार सहित ३ जनालाई पक्राउ गरिएको छ । शुक्रबार राति मिर्चैया नगरपालिका –५ स्थित बाह्रबिघामा चेकजाँचको क्रममा मोटरसाइकलमा सवार दुई युवकलाई हतियारसहित पक्राउ गरिएको थियो ।

प्रहरीले चेकजाँच गर्ने क्रममा को ३५ प ४०१३ नम्बरको मोटरसाइकलमा सवार ति दुबै युवकको साथबाट एक थान नलकटुवा पेस्तोल बरामद भएको थियो ।

पक्राउ परेका मिर्चैया नगरपालिका–६ का १९ वर्षीय अजय शर्मा र मिर्चैया–५ का १९ वर्षीय ज्ञानु कुमार मण्डलसँगको सोधपुछका आधारमा पछि मिर्चैया–५ का ३९ वर्षीय किराना व्यवसायी रमेश साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता बिनोद घिमिरेले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई प्रहरीको नियन्त्रणमा राखी थप अनुसन्धान भईहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित : भदौ २०, २०७७

प्रतिक्रिया दिनुहोस्