बंगलादेशको मस्जिदमा आगलागी : १७ को मृत्यु, २०घाइते



ढाका : बंगलादेशको एक मस्जिदमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ वर्षीय एक बालकसमेत छन् । त्यस घटनमा आगोले पोलेर २०जना घाइते भएका छन् ।

इतेको ढाकास्थित शेख हसीना नेशनल इंस्टीट्यूट ऑफ बर्न एंड प्लास्टिक सर्जी सेंटरमा उपचार भइरहेको छ । राजधानी ढाकाभन्दा बाहिरी क्षेत्रमा रहेको एक मस्जिदमा एयर कंडीशनरमा शुक्रबार बिस्फोट भएको थियो । यहां एकपछि अर्काे एयरकंडीशनर बिस्फोट भएको थियो । त्यसबाट मस्जिदमा आगलागी हुँदा केही व्यक्ति नमाज पढिरहेका थिए ।

अग्नि नियन्त्रक विभागका अधिकारीका अनुसार पाइपलाइनबाट लिक भएको ग्याँसमा लागेको आगोले उग्र रुप लिएपछि बिस्फोट भएको थियो । त्यस विषयमा त्यहाँका प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्