यसरी बनाउनुहोस् घरमै स्वादिलो लस्सी



एजेन्सी : गर्मी बढेसँगै चिसो पिउने मानिसको संख्या पनि क्रमशः बढ्दै जान्छ । दहीमा चिनी र आइस राखेर बनाइएको सम्मिश्रणयुक्त पेय धेरैको रोजाइमा पर्दछ । अझ यसलाई विशेष बनाउन मन लागे केरा वा अन्य फलफूल मिलाएर मिक्सचरमा ग्राइन्ड गर्न सकिन्छ ।

आवश्यक सामग्री :-

गर्मीमा केरा वा अन्य फलफूल दहीमा मिसाएर लस्सी बनाएर खाँदा गर्मी कम हुनको साथै फाइदा पनि हुन्छ । लस्सी बनाउन आवश्यकता अनुसार केरा वा अन्य फलफूल, ताजा दही, शख्खर अथवा चिनी चाहिन्छ ।

बनाउने तरिका :-

सबैभन्दा पहिला आँपको बोक्रा फालि आँपलाई मसिनो टुक्रामा काटने । त्यसपछि आँपलाई मिक्सरमा राखी आवश्यकता अनुसार दही, शख्खर वा चिनी राखेर फिट्ने अत्तमा एउटा गिलाँसमा सो पेय राखेर माथी केहि काजु तथा पेस्ताका टुक्रा राख्ने । त्यसपछि लसी पिउनका लागि तयार हुन्छ ।

प्रतिक्रिया दिनुहोस्