शरीर बलियो बनाउने हो ? यी खानेकुरा खान थाल्नुस्



एजेन्सी : शक्तिशाली मांसपेशी पाउनका लागि युवकहरू अनेकथरी काम गर्छन् । जिममा गएर घन्टौंसम्म व्यायाम गर्ने, पाएसम्मको औषधी खाइदिने अनि मल्टिभिटामिन चपाइदिने पनि गर्छन् ।

तर यो सबले मात्र तपाईंको शरीर मजबुत हुँदैन । यसका साथसाथै आफ्नो नियमित डाइटमा तपाईंले केही खानेकुराहरू समावेश गर्नुपर्ने हुन्छ । यी खानेकुराले शरीरलाई भित्रैबाट बलियो बनाउँछन् ।

१. ड्राई फ्रुट :- काजु, बदाम, पेस्ता जस्ता ड्राई फ्रुट नियमित खाने मानिसको मांसपेशी बलियो हुन्छ ।

२. दुग्धपदार्थ :- दूध, दही, लस्सी, पनीर र मक्खनमा प्रोटीन, क्याल्सियम, भिटामिन ए जस्ता पोषक तत्व विद्यमान हुन्छन् । यसबाट मांसपेशी मजबुत हुन्छन् ।

३. बदाम :- बदाममा हुने अम्ल र जिंकले कमजोरी हटाउन मद्दत गर्छ ।

४. सोया :- सोयाबीनमा भरपूर प्रोटीन हुन्छ । सोया मिल्क र पनीरलाई नियमित डाइट बनाउनुस् ।

५. फर्सी :- फर्सीमा भएको भिटामिन, खनिज र एन्टीअक्सिडेन्टले शरीरलाई तागतिलो बनाउँछ ।

प्रतिक्रिया दिनुहोस्