उपत्यकामा ३५४ सहित देशभर ९८० जनामा कोरोना संक्रमण



काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ सहित देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ३ सय ८२ नमुना परीक्षण गर्दा २ सय ९० महिला र ६ सय ९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २ सय ९०, ललितपुर र भक्तपुरमा ३२–३२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले योसँगै नेपालमा कुल संक्रमितको संख्या ४६ हजार २ सय ५७ पुगेको जनाएको छ ।

यसैगरी पछिल्लो २१ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमध्ये उपत्यकामा मात्रै ३ जना रहेका छन् । योसँगै २ सय ८९ जनाको मृत्यु भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै २८ हजार ९ सय ४१ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित : भदौ २१, २०७७

प्रतिक्रिया दिनुहोस्