प्रदेश २ मा आईतबार ७९ नयाँ संक्रमित थपिए, विभिन्न अस्पतालबाट १४२ जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु हुनुका साथै ७९ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै यस प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ भने संक्रमितको संख्या ११ हजार १ सय ४० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डाक्टर कमलेश प्रसाद यादवले जानकारी दिए ।

आज महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर–१४ का ७८ वर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट प्रदेश २ मा अहिलेसम्म १६ महिला र ८५ पुरुष गरि १ सय १ जनाको मृत्यु भईसकेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी पर्सामा ३८, बारामा १५, धनुषामा १३, महोत्तरीमा ११, सिरहामा ८, सप्तरीमा ८, रौतहटमा ५ र सर्लाहीमा ३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १६ महिला र ६३ पुरुष सहित ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा संक्रमितको संख्या ११ हजार १ सय ४० पुगेको छ । संक्रमितमध्ये ९ हजार ३ सय ७९ पुरुष र १ हजार ७ सय ६१ महिला रहेको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए । आईतबार पर्साका २५, सप्तरीका १८, सर्लाहीका १६, धनुषाका ७, रौतहटका ७, महोत्तरीका ४ र बाराका २ जना संक्रमित भएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा ७९ जनाको रिपोर्ट पोजेटिभ आएको यादवले बताए ।

No description available.

पर्सामा संक्रमण पुष्टि भएकाहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर–६, १४, १५ र २५ का २० देखि ५८ वर्ष उमेर समुहका ३ महिला एवं २२ देखि ३८ वर्ष उमेर समुहका ३ पुरुष, वीरगञ्ज महानगरपालिका–१५ भिस्वाका २३ वर्षीय एक युवक, वीरगञ्ज महानगरपालिका–१९ राधेमाइका २२ वर्षीय एक युवक, सशस्त्र प्रहरी कृषि औजारका २६ र ३१ वर्षीय २ पुरुष, वीरगञ्ज महानगरपालिका मुरली–१२ र १३ का २९ देखि ६४ वर्ष उमेर समुहका ४ पुरुष, वीरगञ्ज महानगरपालिका–१० आदर्शनगरका ४० वर्षीय एक पुरुष, वीरगञ्ज महानगरपालिका–९ रानीघाटका २७ र ३४ वर्षीय २ पुरुष, कालिकामाई गाउँपालिका–४ का ५३ वर्षीय एक पुरुष, जगरनाथपुर गाउँपालिका–५ का १६ वर्षीया एक युवती, नविल बैंक लिमिटेडका २३ वर्षीया एक महिला र ३६ देखि ६० वर्ष उमेर समुहका ४ पुरुष एवं ठेगाना र उमेर खुल्न नसकेका एक पुरुष रहेका छन् ।

सप्तरीको राजविराज नगरपालिकास्थित अदालतका २५ देखि ५२ वर्ष उमेर समुहका ४ पुरुष, राजविराज नगरपालिका वडा नम्बर–२, ४ र ७ का १४ एवं ३५ वर्षीया २ महिला तथा २२ देखि ७० वर्ष उमेर समुहका ३ पुरुष, राजविराज नगरपालिकाका ३३ वर्षीय एक पुरुष प्रहरी, राजविराज नगरपालिकास्थित विद्युत प्राधिकरणका उमेर नखुलेका ३ पुरुष र तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर–१, २, ३, ६ र ७ का २७ वर्षीया एक महिला र १७ देखि ६४ वर्ष उमेर समुहका ४ पुरुष संक्रमित भएका छन् ।

सर्लाहीका संक्रमितहरु हरिपुर नगरपालिकाका ६२ वर्षीया एक महिला र १२ देखि ७० वर्ष उमेर समुहका १५ जना पुरुष रहेका छन् । धनुषाको प्रादेशिक अस्पताल जनकपुरका ४१ वर्षीय एक पुरुष, बटेश्वर गाउँपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका २४ वर्षीया एक महिला, क्षीरेश्वरनाथ नगरपालिकाका २५ र ५८ वर्षीय २ पुरुष र सशस्त्र प्रहरी गण धनुषाका २१ एवं २४ वर्षीया २ महिला र २९ वर्षीय एक पुरुष कोरोना संक्रमणको चपेटामा परेका छन् ।

रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर–३, ४, ५, ६ र ८ का २२ देखि ६० वर्ष उमेर समहुका ३ महिला र १ वर्षीय एक बालक संक्रमित भएका छन् भने ३६ देखि ४५ वर्ष उमेर समुहका ३ पुरुष समेत संक्रमणको चपेटामा परेका छन् ।

महोत्तरीका संक्रमितहरु लोहरपट्टी नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ५३ वर्षीय एक पुरुष, गौशाला नगरपालिका घर भई हाल प्रादेशिक अस्पतालमा रहेका ४५ वर्षीय एक पुरुष, बर्दिबास नगरपालिका–१४ का ७८ वर्षीय एक बृद्ध र भ्रमरपुराका ३५ वर्षीया एक महिला रहेका छन् । त्यस्तै बाराको महागढीमाई नगरपालिका वडा नम्बर–१ र ४ का २३ एवं ४० वर्षीय २ जना पुरुष समेत कोरोना संक्रमित भएका छन् ।

प्रदेशभरीमा आईतबारसम्म सप्तरीमा १५ हजार २ सय ५९, सिरहामा ८ हजार ३ सय ३०, धनुषामा ११ हजार ७ सय ७, महोत्तरीमा ६ हजार ३ सय ६, सर्लाहीमा १२ हजार ३ सय ७३, रौतहटमा २१ हजार ५ सय २३, बारामा ९ हजार ६ सय १९ र पर्सामा १९ हजार ७ सय २० गरि जम्मा १ लाख ४ हजार ८ सय ३७ जनाको स्वाब परिक्षण गरिएकोमा ११ हजार १ सय ४० जना संक्रमित भएका छन् भने ८९ हजार २ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा १ हजार २ सय १३, सिरहामा २ सय ८२, धनुषामा ४ सय ८०, महोत्तरीमा ३ सय, सर्लाहीमा ८ सय, रौतहटमा ६ सय ७९, बारामा ४ सय ६५ र पर्सामा १ सय ९६ गरि कुल ४ हजार ४ सय १५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा १ सय ३३, सिरहामा १ सय ६१, धनुषामा ३०, सर्लाहीमा ९७, रौतहटमा ८१, बारामा ८१ र पर्सामा १ सय ९६ गरि ७ सय ७९ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ९ सय ९२ बेड क्षमताको १ सय ७७ वटा क्वारेन्टाइनमा अहिले ५ सय ६७ जनालाई राखिएको छ भने १ हजार ७ सय २७ जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ । प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको ३ हजार १२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा १ सय ३४, सिरहामा १ सय ३७, धनुषामा ५५, महोत्तरीमा ५३, सर्लाहीमा ७५, रौतहटमा २५, बारामा १३ र पर्सामा ३ सय ३९ गरि ८ सय ३१ जनालाई भर्ना गरिएको वरिष्ठ चिकित्सक यादवले जानकारी दिए । त्यस्तै यस प्रदेशमा सप्तरीमा ८९, सिरहामा ३, धनुषामा ७ सय ५३, महोत्तरीमा ८ सय ५७, सर्लाहीमा ८ सय ३३, रौतहटमा ८ सय ८, बारामा ३ सय ८६ र पर्सामा ७ सय ३५ गरि ४ हजार ४ सय ६४ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ३ सय ६८ जना संक्रमित भएका छन् । धनुषामा १ हजार ७ सय ४४, रौतहटमा १ हजार ७ सय ८, सर्लाहीमा १ हजार ६ सय ६१, महोत्तरीमा १ हजार ३ सय ७४, बारामा ९ सय ७१, सप्तरीमा ८ सय ९२ र सिरहामा ४ सय २२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ९५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यस प्रदेशमा १ सय ४२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा सप्तरीका २०, धनुषाका ३, रौतहटका २, बाराका १२ र पर्साका १ सय ५ जना छन् । योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका ६ सय ६१, सिरहाका ३ सय ५७, धनुषाका ९ सय २४, महोत्तरीका ४ सय ५३, सर्लाहीका ७ सय ५०, रौतहटका ८ सय ७०, बाराका ४ सय ७४ र पर्साका १ हजार २ सय ५५ गरि ५ हजार ७ सय ४४ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्