विहानै खाली पेटमा मन तातो पानी पिउँदा फाइदै फाइदा !



एजेन्सी : सामान्यतयाः मानिसहरु विहान उठ्ने वित्तिकै कफि वा चियाबाट दिनको सुरुवात गर्छन । एक त ढिला उठ्ने त्यसमाथी खाली पेटमा नै चिया वा कफिको सेवन बिष सरह हुन सक्छ । ढिलो उठाई, कसरत रहित जीवन र अमिल्दो खानपान आयु घटाउने कारण पनि बन्न सक्छ । यो बेला तपाईले आफ्नो जीवन शैलीलाई बदल्न सके असामान्य फाइदा हासिल गर्न सक्नुहुन्छ ।

उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ । अझ बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ ।

विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएक छन :-

– पाचन प्रणालीमा सुधार ।

– दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।

– अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।

– मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।

– मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।

– नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।

– नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।

– दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।

– मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।

– नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्