यी हुन् अदुवा हालेको चिया पिउनुको फाइदा



एजेन्सी : अधिकांश मानिसमा चिया पिउने लत छ । सबैतिर प्रायः चिया पिउने प्रचलन छ । धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ ।

यस्ता छन अदुवा चिया पिउँदाका फाइदा

– अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ ।

– यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

– शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ ।

– क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।

– रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

– रक्तसञ्चारमा सहयोग पु-याउँछ । पाचन प्रक्रियामा सुधार ल्याउँछ ।

– शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ ।

– महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ ।

– अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ ।

– हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक छ ।

प्रतिक्रिया दिनुहोस्