के तपाइ आकर्षक देखिन चाहनु हुन्छ ? यस्ता छन पुरुषका लागि वियुटी टिप्स



एजेन्सी : अनुहार र कपालको स्याहार बारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी हुन्छन् । पार्टी विशेष केही भयो भने उनीहरु हल्का मेकअप गर्न सक्छन् । कपालमा तेल लगाउन सक्छन, तर नियमित रुपमा उनीहरु त्यति चासो राख्दैनन् ।

पुरुषले दाह्री, जुँगा काट्नु, मुहार सफा पानीले धुनु र कपाल नुहाउनु नै स्याहारका लागि पर्याप्त रहेको ठान्नु गलत हो । नुहाउनु आवश्यक बिहानै नुहाउनु मात्र हैन, सही तरिकाले नुहाउनु आवश्यक छ । नुहाउँदा सामान्य रुपमा स्याम्पु र साबुनको प्रयोगले मात्र ब्याक्टेरिया हटाउन सकिन्न । त्यसका लागि एमिनो नभएको स्याम्पु र कन्डिसनरको प्रयोग आवश्यक रहेको छ ।

स्मुथ रुपमा दाह्री जुंगा काट्नका लागि सेविङ क्रिमको प्रयोग आवश्यक हुन्छ । सामान्य रुपमा साबुनले पनि काम चलिहाल्छ नि भन्ने लाग्छ भने यो गलत हो । यसले अनुहारको छालामा नकारात्मक असर पार्ने जोखिम हुन्छ । त्यसैले नियमित रूपमा सेविङ क्रिमको प्रयोग गरेर मात्र दाह्री जुंगा काट्नु राम्रो हुन्छ ।

दाह्री, जुंगा काट्दा ब्लेडको चयनमा पनि सावधान हुनुपर्छ । पुरानो ब्लेड सके सम्म प्रयोग गर्नु हुदैंन । धार बिग्रिएको ब्लेडले जबर्जस्ती सेविङ गर्दा छालामा एलर्जी हुन्छ । मस्चराइजरको प्रयोग महिला र पुरुष दुवैले गर्न सक्छन् । यसले छाला सुख्खापन हटाउँछ । सूर्यबाट निस्कने अल्ट्राभायोलेट किरणले महिलाको मात्रै हैन पुरुषको छालालाई पनि नकारात्मक असर पार्छ । यसबाट जोगिन पनि मस्चराइजरको प्रयोग गर्नुपर्छ ।

दाँत नियमित माझ्नु पर्छ । तर ब्रस र पेस्टको सही चयन गर्न नसक्दा नियमित ब्रस गर्दा पनि दाँतलाई नकारात्मक प्रभाव पारिरहेको हुनसक्छ । ब्रस छान्दा कडा भन्दा नरम नै छान्नुपर्छ । पेस्ट छान्दा सोडियम क्लोराइड भएको छान्नु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्