संक्रमितभन्दा निको हुने दोब्बर



काठमाडौँ : कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सोही समयमा एक हजार ७३६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ ।

देशका विभिन्न प्रयोगशालामा परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा नौ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । अघिल्लो दिनकै हाराहारीमा सोमबार पनि कोरोना पुष्टि भएको हो । आइतबार ९८० जनामा सङ्क्रमण पुष्टि भएको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्