स्वास्थ्यकर्मीमाथि कुटपिट



बैतडीः पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न जाँदै गरेका स्वास्थ्यकर्मीमाथि बैतडीमा कुटपिट भएको छ ।

सिगास गाउँपालिका-३ को आधारभूत स्वास्थ्य केन्द्र बल्लेखानमा कार्यरत अहेव एवं ल्याब टेक्निसियन भूपेन्द्र बोहरालाई सोमबार साँझ स्थानीय भानसिंह बोहराले कुटपिट गरेका हुन् ।

स्वाब संकलन गर्न वडा नं.५ को ढुंगाड जाँदै गर्दा भूमिराज आधारभूत विद्यालय नजिकै मदिरा सेवन गरेका युवकले कुटपिट गरेको बोहराले बताएका छन् । उनको हातखुट्टा र घाँटीमा चोट लागेको छ ।

उनलाई चौकीमा झिकाइ सकिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गौरीप्रसाद जोशीले बताए । अब अहेव बोहराले जाहेरी दिएपछि कारबाही थालिने उनले जानकारी दिए ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्