डिआइजी कार्कीलाई कोरोना पुष्टि



विराटनगरः प्रदेश १ का प्रहरी नायव महानिरीक्षक (डिआईजी) ईश्वरबाबु कार्कीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआईजी कार्कीलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको हो ।

विराटनगर महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका स्वास्थ्य निरीक्षक राजेन्द्र कुइँकेलका अनुसार प्रदेश जनस्वास्थ्य प्रयोशालामा गरिएको परीक्षणमा कार्कीलाई कोरोना संक्रमण देखिएको हो । विराटनगरमा मंगलबार ११ महिला र ६ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

प्रकाशितः २३ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्