सानो पर्दाका उत्कृष्ट महिला कलाकारको सूचीमा हिना खान सर्वोत्कृष्ट



एजेन्सी : टाइम्स म्यगेजिनले सानो पर्दाका उत्कृष्ट महिला कलाकारको सूची जारी गरेको छ। सूचीमा हिना खानले पहिलो स्थान हासिल गरेकी छन्।

‘ये रिस्ता क्या कहलाता है’ सोबाट हिनाले अभिनय थालेकी थिइन्। असल संस्कार भएकी बुहारी अक्षराको भूमिकामा उनले राम्रो पहिचान बनाइन्।

त्यस्तै उनले ‘बिग बोस’मा इन्ट्री गरेर आफ्नो अभिनयको छुट्टै छाप देखाइन्। ‘बिग बोस’को सहभागितापछि उनलाई धमाधम फिल्मको अफर आयो। उनले ‘हेक्ड’, ‘स्मार्टफोन’, ‘लाइन्स’जस्ता फिल्ममा अभिनय पनि गरिन्।

‘कसौटी जिन्दगी की’की कमोलिका होस् या ‘नागिन छ’मा इच्छाधारी नागिनको भूमिका, हिनाले उत्कृष्ट छाप छोडेकी छन्।

उनी सामाजिक सञ्जालमा पनि आफ्ना तस्बिर सेयर गरेर चर्चामा आइरहन्छिन्। चर्चित कान्स फेस्टिभलमा भाग लिने हिना पहिलो टेलिभिजन कलाकार हुन्। उनी सन् २०१८ को कान्स फेस्टिभलमा सहभागी भएकी थिइन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्