नवलपरासीमा ७ प्रहरीसहित ४० जनामा कोरोना संक्रमण



परासी : पश्चिम नवलपरासीमा ७ प्रहरीसहित ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुधबार बिहान संक्रमण पुष्टि भएकामध्ये ४ वर्षीय बालकसहित २७ जना सुनवल नगरापलिकाका रहेको जिल्ला स्वास्थ्य प्रमुख गौरब ढकालले जानकारी दिए ।

संक्रमण देखिएका प्रहरीमा सुनवल नगरपालिकास्थित प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहाका रहेका छन् । नगरपालिकाका वडाअध्यक्ष, सोही नगरपालिकामा बस्ने जिल्ला स्तरीय नेता र मुटु अस्तपतालमा उपचारका लागि गएका बिरामीहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा कोरोना संक्रमण देखिएको नगर प्रमुख भीमबहादुर थापाले बताए ।

यसैगरी अन्य १३ जनामध्ये पाल्हीनन्दन गाउँपालिकामा ११ र रामग्राम नगरपालिकामा २ जना छन् ।

हालसम्म जिल्लामा संक्रमित हुनेको संख्या ३ सय १२ जना पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।

प्रकाशित : भदौ २४, २०७७

प्रतिक्रिया दिनुहोस्