घरको छतबाट लडेर जोशीको मृत्यु



कञ्चनपुरः कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ ।

पवनदुत यातायातका पूर्व बरिष्ठ उपाध्यक्षसमेत रहेका केशवदत्त जोशीको आफ्नै २ तले घरको छतबाट लडेर मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका वडा नं.२ का ३५ वर्षीय जोशी छतबाट लडेर गम्भिर घाईते भएका र उपचारको क्रममा माया मेट्रो अस्पतालमा मंगलवार राति मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि महाकाली अस्पताल राखिएको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्