आज सुदूरपश्चिममा २३ जना कोरोना संक्रमित थपिए



धनगढीः सुदूरपश्चिममा थप २३ जनामा कोरोना संक्रमणको पुष्टी भएको छ ।

सेती प्रादेशिक अस्पतालमा १९ र डडेल्धुरा प्रयोगशालामा ४ जना गरि थप २३ जनामा संक्रमण पुष्टी भएको हो ।

पछिल्लो २४ घण्टामा ५ सय ७ जनाको कोरोना परीक्षण भएकोमा १९ जनामा संक्रमण पुष्टी भएको हो । संक्रमण पुष्टी हुनेमा कैलालीका १८ र बाजुराका १ जना रहेको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

श्रेष्ठले धनगढी उप-महानगरपालिका वडा नं.५ का ५ जना, वडा नं.२ का १ जना, वडा नं.१३ का १ जना, वडा नं.३ का १ जना, वडा नं.१ का २ जना, धनगढीको वडा नखुलेका ४ जना रहेका छन् ।

त्यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ र बाजुराको वडिमालीका नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठ बताए । उता डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।

१ सय २७ जनाको परीक्षण गरिएकोमा ४ जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । संक्रमितहरु बझाङका २ जना र दार्चुलाका २ जना रहेका छन ।

बझाङको दुर्गाथली गाउपालिकाका १, छब्बिसपाथाभारी गाउपालिकाका १, दार्चुलाको ब्यास गाउपालिकाका १ जना र महाकाली नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको इन्चार्ज भुसालले बताए ।

त्यस्तै जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १ सय जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ३ सय १८ पुगेको छ भने १४ जनाको मृत्यु भएको छ ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्