युवतीमाथि सामूहिक बलात्कार, ४ जना पक्राउ



धनगढीः धनगढीमा एक २१ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

मंगलबार उपमहानगरपालिकाको वडा नं.४ स्थित डडेल्धुरा रेष्टुरेन्ट एण्ड बार नामक होटलमा उक्त घटना घटेको प्रहरीले जनाएको छ ।

आफुलाई चार जनाले होटलमा बोलाइ जबरजस्ती करणी गरेको भन्दै ती युवतीले प्रहरीमा उजुरी गरेका थिइन । उक्त उजुरीको आधारमा होटल संचालक कञ्चनपुर भिमदत्त नगरपालिका-९ का २० वर्षीय सन्जु पाल, डडेल्धुराको अमरगढी नगरपालिका-१ का २० वर्षीय हेमन्त दियाल, डडेल्धुराकै नवदुर्गा गाउँपालिका-२ का २४ वर्षीय दिपक भट्ट र डडेल्धुराकै अजयमेरु गाउँपालिका -१ का २१ वर्षीय टंक धामी पक्राउ परेका हुन् ।

पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए ।

प्रकाशितः २४ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्