करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु



धनगढीः कैलालीमा करेन्ट लागेर धनगढी उपमहानगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालीका ६ शिवनगरस्थित विद्युत सर्भिस पोलमा बल्ब लगाएर झरेका ३२ वर्षीय राजकुमार चौधरीको भर्याङ झिक्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

विद्युतमा करारमा कार्यरत चौधरी धनगढीकै हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षकक प्रतिक विष्टका अनुसार करेन्ट लागेर घाइते भएका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो ।

करेन्ट लागेर सोही ठाउँका २२ वर्षीय खेमराज दाहाल घाइते भएका छन् । उनको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशितः २५ भदौ, २०७७

प्रतिक्रिया दिनुहोस्